नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।
सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । बुधबार एकै दिन तोलामा १३ सय वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।