नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।

राजधानीमा असार २४ गते आफ्नै घरबाट बेपत्ता भएका युवक १३ दिनपछि होटलमा युवतीसँग भेटिएका छन् । काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी सम्पर्कमा नआएपछि अहपरणमा परेको हुन सक्ने भन्दै साउन २ गते उनका परिवारले प्रहरीमा उजुरी दिएका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रेग्मीको खोजी तिव्र बनाएको थियो । रेग्मी मंगलबार राती नयाँ बसपार्कस्थित एक होटलमा युवतीसँग बसिरहेको अवस्थामा पक्राउ परेको महाशाखाले जनाएको छ ।
प्रहरीलाई दुख दिएको आरोपमा महाशाखाले रेग्मीमाथी कानुनी कारबाही गर्ने तयारी गरेको छ । उनले व्यवसाययका लागि विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ रिन लिएको प्रहरीले जनाएको छ ।

