विश्वभर कोरोनाबाट ६ लाख २९ हजारभन्दा बढीको निधन, १ करोड ५३ लाख ६४ हजार संक्रमित

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार ३३९ पुगेको छ । विहीबार यो समाचार तयार पार्दासम्म पछिल्लाे २४ घण्टामा २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६४ हजार ९२५ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या ९३ लाख ४३ हजार ८५० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४७ जनाको मृत्यु भएको छ । २७ लाख १७ हजार ४९० जना संक्रमित भएकोमा १६ लाख २२ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १ हजार ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख ९७ हजार ९३८ पुगेको छ । त्यसमध्ये २३ लाख ७५ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा ८४ हजार ४६८ जनाको मृत्यु भएको छ । ३५ लाख ९८ हजार ६०८ जना संक्रमित भएकोमा २५ लाख ६८ हजार २८० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २६ हजार ९८८ जनाको मृत्यु भएको छ । ३४ लाख ६१ हजार ७८ जना संक्रमित भएकोमा २३ लाख २४ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ४७९ जनाको ज्यान गएको छ भने ७ लाख ७३ हजार ४१८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ३८ हजार २८८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५० जनाको मृत्यु भएको छ । १४ हजार ५९० जना संक्रमित भएकोमा १० हजार १५८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १८ हजार ९४ जनामा संक्रमण देखिएकोमा ४२ जनाको निधन भैसकेको छ । १२ हजार ६८४ जना भने उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार