कक्षा १२ को परीक्षा असोजमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । यसअघि कक्षा १२ को परीक्षा गत बैशाखमा लिने योजना थियो ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न शंकायका परीक्षा भदौ पहिलो सातादेखि सुरू गर्ने सूचना सार्वजनिक गरेका छन् । त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गते सुचारु गर्ने निर्णय गरेको त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा।पेशल दाहालले जानकारी दिए ।



पूर्वाञ्चल विश्वविद्यालयले लकडाउनले रोकिएका पूर्वनिर्धारित परीक्षाहरू सम्बन्धित कलेजमै परीक्षा सेन्टर कायम हुने गरी भदौ पहिलो साताबाट सुरू गर्ने निर्णय गरको परीक्षा नियन्त्रक डा सूर्य प्रसाद संग्रौलाले जानकारी दिए ।

सम्बन्धित समाचार