२६ सह-सचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले विभिन्न मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत २६ जना सह-सचिवको सरुवा गरेको छ । सरकारले गृहमन्त्रालय प्रवक्ता केदारनाथ शर्मासहित २६ सहसचिवको सरुवा गरेको हो । गृहका सह-सचिव शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरिएको छ ।

त्यस्तै, गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौंडा सरुवा गरिएको छ ।



गृह मन्त्रालयका सह-सचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सह-सचिव ध्रुवकुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौं, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएका छन् ।

सम्बन्धित समाचार