डाक्टर नै कोरोनाबाट संक्रमित

पर्सामा थप १७ जना कोरोना संक्रमित थपिएका छन् जसमये दुईजना डाक्टर र अस्पतालमा उपचाररत बिरामी पनि रहेका छन् ।  बुधबार राति आएको पीसीआर परीक्षण रिपोर्टमा १७ जनामा कोरोना संक्रमण देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा १३ जना पुरूष र चारजना महिला रहेका छन् । संक्रमितहरु १५ देखि ८५ वर्षसम्मका छन् । कोरोना अहिले विश्वव्यापी रुपमा फैलिरहेको छ र फ्रन्टमा रहेर काम गर्ने डाक्टर नर्स तथा ल्याब टेक्निसियनहरु पनि कोरोना संक्रमणबाट बच्न सकेका छैनन् । अमेरिका, इटाली र स्पेनजस्ता मुलुकहरुमा त कोरोनाका संक्रमणबाट डाक्टरहरुले समेत ज्यान गुमाउनु परेको छ ।



तर नेपालमा अहिलेसम्म स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपनि मानवीय क्षति चाहिं हुन पाएको छैन ।

सम्बन्धित समाचार