अमेरिकाले वाणिज्य दूतावास बन्द गर्न लगाएपछि चीन क्रुद्ध

अमेरिकाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनाव अगाडि आफ्नो कमजोरीका लागि बेइजिङ्गलाई दोष लगाउने प्रयास स्वरुप ह्यस्टनमा रहेको वाणिज्य दूतावास बन्द गर्न भनेको भन्दै चीनको सरकारी सञ्चारमाध्यमले निन्दा गरेको छ । बिहीबार चीनको सरकारी सञ्चार संस्थाले सम्पादकीयमा अमेरिकी निर्णयको निन्दा गरेको हो।

अमेरिकाले बुधबार ह्युस्टनमा रहेको वाणिज्य दूतावास बन्द गर्नका लागि चीनलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो । अमेरिकी बौद्धिक सम्पतीको रक्षा अमेरिकीको व्यक्तिगत विवरणको सुरक्षामा चीनबाट खतरा उत्पन्न भएको भन्दै अमेरिकाले बुधबार वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।



यसपछि अमेरिका र चीनबिच नाटकीय रुपमा तनाव बढेको छ । हालै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीनविरुद्ध विश्व समुदाय एक हुनु पर्ने बताएका थिए ।

अमेरिकास्थित चिनियाँ दूतावासले वाणिज्य दूतावास बन्द गराउने कार्य ‘राजनीतिक उक्साहट’ रहेको बताएको छ । चिनियाँ दूतावासले तत्काल सो निर्णय फिर्ता लिन माग गरेको छ ।

सम्बन्धित समाचार