नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।
बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उनलाई १२ दिनअघि उनी लागयत छोरा अभिषेकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको मुम्बईको नानावती अस्पतालमा उपचार भएको थियो । उनको अझै दुई पटक परीक्षण गरिने डाक्टरहरुले जनाएका छन् ।
ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन् । साथै छोरा अभिषेकको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । अभिषेक भने आजै डिस्चार्ज हुने उनीहरुलाई उपचार गराइरहेको नानावती अस्पतालले जनाएको छ । अभिषेककी पत्नी ऐश्वर्य र छोरी आराध्याको भने रिपोर्ट हालसम्म आएको छैन ।