के जनार्दनले प्रचण्डको साथ छोडेका हुन् ? के भन्छ प्रचण्डको सचिवालय ?

गत सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पूर्व माओवादी निकट स्थायी समितिका नेताहरुलाई बोलाएर पार्टीभित्रको पछिल्लो राजनीति घटनाक्रमबारे परामर्श लिए । उक्त बैठकमा प्रचण्ड निकट मानिने प्रभावशाली स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकर उपस्थित भएनन् । उनको अनुपस्थितिलाई लिएर विभिन्न टिका टिप्पणीहरु भए ।

कतिपय संचारमाध्यमले जनार्दनले प्रचण्डको साथ छोडेर ओलीलाई साथ दिएको भनाई संप्रेषण गरे । खासगरी शनिवारको स्थायी कमिटिको बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास जाँदा प्रभाकर पनि सँगै थिए । भोलिपल्ट प्रचण्डले परिबन्धमा परेर शितल निवासमा गएको अभिव्यक्ति दिएपछि जनार्दन प्रचण्डसँग रुष्ट भएका थिए । फलस्वरुप उनी सोमबार प्रचण्डले बोलाएको भेलामा बिरामी भएको भन्दै उपस्थिति भएनन् ।



यसै सन्दर्भलाई लिएर जनार्दनले प्रचण्ड क्याम्प छोडेको चर्चा भएपछि प्रचण्डको सचिवालयले एक विज्ञप्ति निकाल्दै सो कुराको खण्डन गरेको छ । पार्टीभित्रका नेताहरुमा विभिन्न एजेण्डालाई लिएर वादविवाद भएपनि जनार्दन शर्मा प्रचण्डकै साथ रहेको आशय सचिवालयले व्यक्त गरेको छ ।

सम्बन्धित समाचार