दही किन्न घरबाहिर निस्किएकी युवतीमाथि एसिड प्रहार

सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ ।

उनको अनुहारमा एसिड परेको छ । उनलाई उपचाका लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको छ ।



एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार