विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३५ हजार नाघ्यो, १ करोड ५६ लाख ४१ हजार संक्रमित

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३५ हजार ६ सय ६६ पुगेको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९७६ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या भने ९५ लाख ३० हजार १३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५०७ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार १५ जना संक्रमित भएकोमा १६ लाख ३६ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ३ हजार ९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४८ लाख ७८ हजार ३०५ पुगेको छ । त्यसमध्ये २४ लाख २१ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा ८५ हजार ९३९ जनाको मृत्यु भएको छ । ३६ लाख ७५ हजार १०८ जना संक्रमित भएकोमा २६ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २९ हजार १३२ जनाको मृत्यु भएको छ । ३५ लाख ४३ हजार ५९१ जना संक्रमित भएकोमा २३ लाख ७८ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ७५६ जनाको ज्यान गएको छ भने ७ लाख ९१ हजार ९६८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ४९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५५ जनाको मृत्यु भएको छ । १४ हजार ९९८ जना संक्रमित भएकोमा १० हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १८ हजार २४१ जनामा संक्रमण देखिएकोमा ४३ जनाको निधन भैसकेको छ । १२ हजार ८४० जना भने उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार