पर्सामा समुदायमा फैलियो कोरोना, ५ जना थुनुवासहित थप ३० जनामा संक्रमण पुष्टि

पर्सामा थुनुवामा रहेका ५ जनासहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका चार भारतीय र एक नेपालीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

अन्य २५ जना संक्रमित भने कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएका हुन । आफैलाई शंका लागेर परीक्षणका लागि अस्पताल पुगेकाहरुमा पनि आठ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ । वीरगन्ज तथा आसपासका क्षेत्रमा समुदायसम्म कोरोना संक्रमण फैलिसकेको प्रशासनको आंकलन छ ।



वीरगन्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण देखिइसकेको महामनगरपालिकाको पनि निस्कर्ष छ । विहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको आकस्मिक बैठकमा कोरोना संक्रमण नियन्त्रणलाई न्यूनीकरणबारे ठोस निर्णय गर्न सकेन । आज पुनः सरोकारवालाहरुको बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्नेबारे निर्णय हुने बताइएको छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ ।

सम्बन्धित समाचार