लमजुङका थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०३ पुग्यो 

लमजुङ जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङका ३ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै लमजुङमा संक्रमितको संख्या १०३ पुगेको छ । एक जना भने उपचारपछि घर फर्किएका छन् ।



गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार लमजुङका ३ जनासहितर कास्कीका ५ जना, तनहुँ रबागलुङका १-१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार