नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।
सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाल सुन बिहीबार (हिजो) ९४ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि तेजाबी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ तोकेको छ ।
यस्तै चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको एक हजार एक सय ५० रुपैयाँ पुगेको छ । हिजो ९बिहीबार० तोलाको ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।