अभिनेता भुवनले हाले साम्राज्ञी विरुद्ध ‘बेइज्जती मुद्दा’, साम्राज्ञीलाई अत्तोपत्तो छैन

अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा नायिका साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता गरेका छन् । शुक्रबार केसीले नायिका शाहविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि अभिनेता केसीले साम्राज्ञीले आफूलाई झुठो आरोप लगाएको भन्दै चलचित्र कलाकार संघमा छानबिनको लागि उजुरी दिएका थिए । नायिका साम्राज्ञीले चलचित्रमा काम गर्दा सुरुको समयमा आफूमाथि दुर्व्यवहार भएको आफ्नो इन्स्टाग्राम मार्फत भिडियोबाट जानकारी दिएकी थिइन् । साम्राज्ञीको पहिले भिडियो सार्वजनिक भएपछि भुवनले उनको भनाइमा प्रतिक्रिया दिएका थिए । कुरा सुल्झनुसट्टा झन् बढेको थियो ।



भुवनले घटनापछि केही सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता दिए, साम्राज्ञी मौन बसिन् । चलचित्र कलाकार संघमा उजुरी दिएपछि पनि साम्राज्ञी मिडियामा आइनन् । शुक्रबार साम्राज्ञीविरुद्ध दर्ता भएको खबर सार्वजनिक भएपछि पनि साम्राज्ञी सम्पर्कमा आइनन् । साम्रज्ञीको आमा नेहा राज्यलक्ष्मी शाहसँग कुराकानी गर्दा यसबारेमा आफू अञ्जान रहेको बताइन् । उनले भनिन्, ‘हामीलाई त्यस्तो केही पनि थाहा छैन, अब मुद्दा दर्ता भएकै हो भने, प्रक्रिया अनुसार अगाडि बढौँला ।’

विगत केही हप्तादेखि भुवन र सामाग्रीबीच आरोप प्रत्यारोपको श्रृंखला चुलिंदै गएको छ । साम्राज्ञीले आफूलाई भुवन केसीद्वारा दुव्र्यवहार भएको भन्दै आइरहेकी छिन् । यसरी सामाग्रीले भुवनलाई आरोप लगाउँदा फिल्म फ्रेटरनिटी पनि दुई भागमा विभाजन भएका छन् । कसैले भुवनको पक्ष लिएका छन् भने कसैले सामाग्रीको तर यी दुवैको विवाद टुंगिने नामनिशान छैन ।

सम्बन्धित समाचार