सर्वोच्चको फैसला विरुद्ध माइतीघरमा प्रर्दशन

सर्वोच्च अदालतले पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय मिनाहा गरेको भन्दै उक्त फैसलाको विरोधमा प्रर्दशन गरिएको छ । न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै ‘नागरिक आवाज’ नामको एक समूहले शुक्रवार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

प्रशर्दनमा सहभागीहरुले दुई तिहाईको सरकारको नाकैमुनी जन्मकैदी कसरी पाउँछ उन्मुक्ति, अदालती अड्डा भ्रष्टाचारको अखडा, भागबण्डाको गोटीले उन्मुक्ति पाए भेटीले, अदालतको चोली फेर्ने चोलेन्द्रलाई महाअभियोग लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।



पत्नीको हत्या गरेको अभियोगमा ‘सर्वस्वसहित जन्म कैद’ को सजाय काटिरहेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालालाई साढे ८ वर्ष जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलापछि कोइराला बिहीवार जेलमुक्त भएका थिए ।

पत्नी गीता ढकालको हत्या अभियोगमा २०६८ साल माघ ८ गते पक्राउ परेका कोइरालालाई जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालत पाटनले पनि २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो । त्यसपछि कोइराला फेरी सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि कोइराला ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका हुन् ।

सम्बन्धित समाचार