कस्तो बिडम्बना ! मानिस बचाउने एम्बुलेन्सको ठक्करबाट पैदलयात्रुको मृत्यु

बाँकेको कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ९, कौशिल्या मेमोरियल नजिक भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोट घर भएका सागर चनाराको मृत्यु भएको हो । चनारा पैदल हिँडिरहेका थिए । उनी आफन्तीको घरमा आएका थिए ।

गएराती साढे दश बजे कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको एम्बुलेन्सले ठक्कर दिएपछि गम्भीर घाइते भएका चनारालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।



उपचारको क्रममा उनको मृत्यु भयो। चनारालाई ठक्कर दिएपछि भागेको एम्बुलेन्सलाई बाँके प्रहरीले नेपालगञ्जबाट नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार