मच्छिन्द्रनाथको रथ यात्रा सुरु

कोरोना भाइरसको महामारीका कारण पटक–पटक स्थागित भएको यो वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्राको प्रक्रिया अन्ततः सुरु भएको छ । शनिबार विशेष साइतमा रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ।

मच्छिन्द्रनाथ गुठीका ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा रथारोहणका लागि शुभसाइत रहेको ठहर गरेका थिए ।



सोही साइतमा शनिबार मूर्ति रथमा राखिएको हो । विशेष विधि पूर्वक शनिबार ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा मच्छिन्द्रनाथलाई राखिएको हो ।

सम्बन्धित समाचार