ब्राजिलका राष्ट्रपति बोलसोनारोले जिते कोरोनालाई

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् । ६५ वर्षका बोलसोनारोले गएको असार २३ गते आफू कोरोना भाइरस सङ्क्रमित भएका बोलसोनारोले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएको समाचार एजेन्सी अल जजिराले जनाएको छ ।

उनको कोरोना परीक्षणका लागि नमुना कहिले सङ्कलन भएको र कहिले रिपोर्ट आयो भन्नेबारे भने उनले जानकारी दिएका छैनन् । कोरोनाको उपचारको लागि उनीले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए ।



मलेरियाका बिरामीलाई दिइने यो औषधिले कोरोनाका बिरामी निको हुने वैज्ञानिक रुपमा पुष्टि भइसकेको छैन । बोलसोनारोले कोरोना महामारीलाई पटक-पटक सामान्य रुपमा मात्रै लिएको अभिव्यक्ति दिँदै आएका छन् ।

उनले कोरोना भाइरसको सङ्क्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिए । कोरोना सङ्क्रमणका हिसाबले ब्राजिल पनि निक्कै सङ्क्रमित देश हो । ब्राजिलमा गएको मार्चमा पहिलो सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि भने लगातार सङ्क्रमण बढिरहेको छ ।

सम्बन्धित समाचार