नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।

काठमाडौंको अत्यधिक भिडभाड हुने स्थान असनमा पसल गर्दै आएका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूलाई शुक्रबार कोरोना संक्रमण देखिएको हो ।
१९ दिनअघि भारतको सीतामढीबाट काठमाडौं फर्किएकी महिला परीवारमा घुलमिल भइ बसेको बताइएको छ । जसबाट परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ देखिएको हो ।
सरकारले लकडाउन खुलाउने निर्णय गरेसँगै काठमाडौंका व्यापारिक केन्द्रहरुमा अति भिड देखिएको छ । यस्ले कोरोना संक्रमणको खतरा झनै बढेको भन्दै स्वास्थ्यविद्हरुले आपत्ति जनाएका छन् ।

