आज कुन जिल्लामा कति कोरोना संक्रमण भेटिए ?

नेपालमा आईतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १, इलामका ८, सिराहाका १, सुनसरीका २, उदयपुरका १, तेहथुमका १, मोरङका २६, धनुषाका १, महोत्तरीका २, पर्साका ४ जना रहेका छन् ।



यस्तै दाङका १, नुवाकोटका १, सोलुखुम्बुका २, काठमाडौँका ८, नवलपरासीका २, रौतहटका १, मकवानपुरका १, बाराका १, कास्कीका ३, गोर्खाका २, रुपन्देहीका १, अर्घाखाँचीका १, बाँकेका २, वर्दियाका ६, जुम्लाका १, रोल्पाका ३, दैलेखका २५, सुर्खेतका ३, अछामका १४, बाजुराका ३ तथा कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाईरसको संक्रमण निको भएर थप ७५ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १३ हजार १२८ पुगेको छ ।

सम्बन्धित समाचार