नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्– ‘हद भयो, असह्य भयो’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो समय भइरहेका घटनाहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनले सिंगै व्यवस्था र राज्य प्रणालीमाथि प्रश्न उठ्ने गरी न्यायालयबाट किन निर्णय गरिँदैछ भन्ने प्रश्नसमेत गरेका छन् ।

‘के हुँदैछ यस्तो ? न्यायलय र सिंगै राज्यप्रणाली र व्यवस्थामाथि नै प्र्रश्न उठ्ने गरी न्यायलयद्वारा निर्णय किन गरिदैछ ? बास र छाक टार्ने समस्याबाट पीडित चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटीपिटी किन गरिन्छ र सुकुम्वासी झुप्रोमा आगो किन लगाइन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामूहिक हत्या किन गरिन्छ ?’ प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘हद भयो, असह्य भयो । न्याय स्थापित होस् र दोषीमाथि कारवाही होस् ।’



साथै प्रवक्ता श्रेष्ठले यी अवाजलाई समयमै सम्बोधन गर्न र राज्यका अंङ्गहरूको लोकतन्त्र अनुरूप पुनसंरचना गरी लोकतन्त्रलाई व्यवहारतः अभ्यास र विकास गर्नुपर्ने कुरामा जोड दिएका छन् । उनले भनेका छन्, ‘अन्यथा निरासा, आक्रोस, अनिश्चय र तरलताको परिणाम के होला ? समयमै सबैले सोचौं । परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ।’

सम्बन्धित समाचार