बञ्चरो प्रहार गरेर श्रीमान्‌को हत्या

बाँकेमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमान्‌को हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नम्बर ६ नयाँ गिजरामा ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान्‌ लक्षीराम थारुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य घरासयी विवादमा मिछियाले श्रीमान्‌लाई बन्चरोले टाउको, खुट्टा र हातमा प्रहार गरेकी थिइन् । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले घटनाबारेमा थाहा पाएर प्रहरी घटनास्थलमा पुग्दा लक्षीरामको मृत्यु भइसकेको जानकारी दिए ।



प्रहरीले मिछियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार