नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
सुनको मूल्य लगातार बढ्दो क्रममा छ । मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा पनि सात सय रुपैयाँले बढेर ९७ हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाामा कारोबार भइरहेको छ ।