कपिलवस्तुमा थपिएका ३४ संक्रमितमध्ये १३ जनाको कुनै ट्राभल हिस्ट्री छैन

कपिलवस्तुमा एकसाथ ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये १३ जना समुदायस्तरका हुन् र उनीहरुको कुनै ट्राभल हिस्ट्री पनि छैन । त्यसो भए के कोरोना संक्रमण समुदाय स्तरमा फेलिएको हो त ? तर स्वास्थ्य मन्त्रालयलये कोरोना संक्रमण समुदाय स्रतमा फैलिनसकेको बताएको छ ।

अरु विदेशबाट आएर क्वारेन्टिन बसेका व्यक्ति हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार उनीहरु सबै शिवराज नगरपालिकाका हुन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ । मंगलबार पुष्टि भएकामध्ये २८ जना पुरुष र ६ जना महिला हुन् ।



तीमध्ये भारतबाट आएका १२ जना, संयुक्त अरब इमिरेट्स (दुबई) बाट आएका ४ जना, कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जना हुन् । बाँकी १३ जना समुदायका हुन् । थापाका अनुसार प्रदेश ५ सरकारको कार्यक्रमअनुसार समुदायस्तरमा गरिएको नमूना परीक्षणका क्रममा यी व्यक्तिमा संक्रमण देखिएको हो ।

शिवराज नगरपालिकाका विभिन्न स्थानबाट ८४ जनाको स्वाब लिइएकोमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । समुदायस्तरका पोजेटिभ आएकाहरुमा ११ जना पुरुष र २ जना महिला हुन् । यसमध्ये ३ जना शिक्षक, एकजना वडा कार्यालयकी सचिव र उनका श्रीमान् रहेका छन् भने अरु किसान र गृहणी हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुमा पहिलो चरणमा ३ सय जनामा समुदायस्तरबाट स्वाब लिएर परीक्षण गर्ने थापाले जानकारी दिए । कार्यालयले कृष्णनगर क्षेत्रमा खटिएका प्रहरी, यसोधरा गाउँपालिकामा समुदायस्तरमा परीक्षण गर्ने बताएको छ ।

सम्बन्धित समाचार