नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीले सुरुमा संक्रमण देखिएका ४ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लोपटक संक्रमितहरु प्रहरी प्रधान कार्यालयमा कार्यरत चालक, मेकानिक्स र मेसमा कार्यरतहरु रहेको जनाइएको छ । यसअघि सोमबार स्याङ्जामा जिल्ला प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

