नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका ४८, ललितपुरका ४ र भक्तपुरका १ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो केही सातायता बेरोकटोक काठमाडौँ प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ ।

