नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

पूर्वमन्त्री सुनील थापासहितका १४ नेता कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा उनीसहित रामकृष्ण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामप्रसाद शाह, सुरेश बस्ने, प्रतिमा राणा क्षेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहादुर तामाङ रहेका छन।
उनीहरुसँगै ३१ नेताले राप्रपा परित्याग गरेको भएपनि कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता मात्रै पार्टी प्रवेश गरेका हुन् ।

