नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।
चीन र अमेरिकाको बीचमा अहिलेको अवस्था झनै तनावपूर्ण बन्दै गएको छ । कोरोना भाइरसको विषय र दक्षिण चीन सागरको विषयलाई लिएर एक पछि अर्को तनाव बढ्दै गाईरहेको हो । यसैबीच अमेरिकी वायुसेनाले आफ्नो लडाकू विमान चीनको नजिक उडाएपछि झनै अवस्थाले नयाँ मोड लिएको छ ।
अमेरिकाले चीनको सबै चेतावनीलाई नमानेर शंघाई भन्दा १०० किमी टाढामा उडाएको थियो । यो घटनालाई लिएर जानकारहरुले अमेरिकाको यो गतिविधिले नाजुक अवस्था सिर्जना गर्नसक्ने बताएका छन् । पेंकिङ यूनिभर्सिटीको थिंक ट्यांक दक्षिण चीन सागरमा स्ट्रयाटीजिक सिचुएन प्रोबिंग इनिशिएटिभका अनुसार पी-८ए एन्टी सबरीमन विमान र इपी-३एफ विमान ताइवान स्ट्रेटमा देखिएका थिए ।
उक्त विमानले झेझियान्ग र फुजियानमा उडान भरेका थिए । अमेरिकी सेनाले दक्षिण चीन सागरमा लगातार १२ दिन या उडान भरिरहेका छन् ।