आज कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

गएकाे २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार काठमाडौँका १४ र भक्तपुरका एकजनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

प्रवक्ता डा। गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ तथा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो ।



यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ७ जना र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका एक जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएका छ ।

सम्बन्धित समाचार