आज कुन जिल्लामा कति संक्रमित भेटिए ?

नेपालमा आज थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक्तपुरका १, धादिङका ७, कपिलवस्तुका २ जना रहेका छन् ।



यस्तै काठमाडौका १४, नवलपरासीका २, रौतहटका १,महोत्तरीका १, बागलुङका ७, स्यङजाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८ तथा कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाईरसको संक्रमण निको भएर थप १४६ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार २१ पुगेको छ ।

सम्बन्धित समाचार