नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
बिहीवार सुनको मूल्य १ लाख नजिक पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
बुधबार प्रतितोला छापावाल सुन ९८ हजार ५ कायम भइ कारोबार भएको थियो भने आज तोलामा ५ सयले बृद्धि भइ ९९ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९८ हजार ५ सय ६० रहेको छ ।
तर बिहीवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बुधवार प्रतितोला १ हजार २ सय २५ रहेकोमा आज पनि त्यही मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।