लमजुङमा थपिए ३ जना कोरोना संक्रमित, कहाँका हुन् नयाँ संक्रमित ?

लमजुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहीबार बिहान दिएको जानकारी अनुसार लमजुङको बेशिशहरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

गण्डकी प्रदेशमा भने बिहीबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ६ जिल्लाका थप ३८ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरुमा कास्कीका १४ जना, स्याङजाका ११ जना, बाग्लुङका ६, तनहुँका ३ जना, लमजुङका ३ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् ।



नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार २३० जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ ।

 

सम्बन्धित समाचार