नवकान्तिपुर संवाददाता
मुग्लिन, १५ साउन ।

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।
वर्ष याममा यो राजमार्गमा पहिरोले सडक अवरुद्ध हुने गर्दछ । यो साल पनि यो भन्दा पहिला पनि राजमार्ग अवरुद्ध भएको थियो । यहाँमात्र होइन ननेपालका विभिन्न भागमा पहिरोले मानिसहरु मर्नुको साथै पहिरोले बाटो अवरुद्ध हुँदै आइरहेको छ ।

