काठमाडौंमा बढ्यो कोरोनाको जोखिम : कति थपिए बितेको २४ घण्टामा काठमाडौंमा संक्रमित ?

काठमाडौंमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थपिएका २७४ जना संक्रमितमध्ये काठमाडौंमा मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टुकमा गरिएको परिक्षणमा थप १३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा थप ३ जना र, स्टार अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा २ जनामा गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



नेपालमा आज ९बिहीवार० थप २७४ जनामा कोरोना भाईरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार