कोरोनाको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

विहीबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले लकडाउन खुकुलो भएपछि सङ्क्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार सङ्क्रमण देखिएको ठाउँ सिल गरेर पीसीआर परीक्षणको दायरा बढाइने बताए ।



आउँदो भदौ १ गतेदेखि सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिएको छ । पछिल्लो समय काठमाण्डौ उपत्यका प्रवेश गर्नेहरुको पीसीआर परीक्षण गरिहेको सरकारले अब प्रवेश बिन्दुमा नै क्वरेण्टीन व्यवस्थापन गर्ने भएको छ ।

काठमाडाैं प्रवेश गर्ने नाकामा गरीएको परीक्षणमा सङ्क्रमण देखिन थालेपछि प्रवेश नाकामै क्वरेण्टीनको व्यवस्था गरिने उनले बताए । बैठकले लकडाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ ।

सम्बन्धित समाचार