नवकान्तिपुर संवाददाता
काठमाडौं
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६ लाख ७६ हजार ४०९ जनाको निधन भैसकेको छ । पछिल्लो २४ घण्टायता २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिएको छ । योसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ६५ हजार पुगेको छ । निको हुने संक्रमितको संख्या १ करोड ९ लाख ३२ हजार ९१२ छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ८६८ जनाको मृत्यु भएको छ । २८ लाख ५२ हजार २०१ जना संक्रमित भएकोमा १७ लाख १५ हजार ४५२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १६ हजार २९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५४ लाख ३१ हजार १४४ पुगेको छ । त्यसमध्ये २७ लाख ९० हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ९५ हजार ३९५ जनाको मृत्यु भएको छ । ४२ लाख १० हजार ३ जना संक्रमित भएकोमा ३१ लाख ७ हजार ६५० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४१ हजार ६१५ जनाको मृत्यु भएको छ । ४० लाख २९ हजार ४०२ जना संक्रमित भएकोमा २७ लाख ४० हजार ५०८ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १९ हजार ३६५ जनाको ज्यान गएको छ भने ९ लाख १२ हजार ६२१ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ५९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २१३ जनाको मृत्यु भएको छ । १८ हजार ३७ जना संक्रमित भएकोमा १२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने १९ हजार ५४७ जनामा संक्रमण देखिएकोमा ५२ जनाको निधन भैसकेको छ । १४ हजार २४८ जना भने उपचारपछि निको भएका छन् ।