प्रहरी हेडक्वार्टरका संक्रमितको संख्या अझ बढ्यो, कति पुगे जम्मा संक्रमितको संख्या ?

प्रहरी प्रधान कार्यालय, नक्सालमा थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।

संक्रमितहरू सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थप २८ जनामा संक्रमण देखिएको हो ।



प्रहरी मुख्यालयमा कसरी कोरोना संक्रमण फैलियो भन्नेबारे संगठनले केही बताएको छैन ।

सम्बन्धित समाचार