कारबम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते

अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारवम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कार बम आक्रमण भएको बताइएको छ । बिहीवार सो हमला भएको समाचारमा जनाइएको छ ।

सो आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन । तालिबान आतङ्ककारी समूहले पनि यस आक्रमणको अस्विकार गरेका छन् ।



यसअघि पनि गत माहिनामात्र रमाजानको अवसरमा सोही कार्यालयमा भएको रक्तपातपूर्ण हमलामा २० जनाको ज्यान गएको थियो । उक्त बम हमलामा परी भौतिक क्षति पनि पुगेको अफगानिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै टोलो समाचारले जनाएको छ ।

उक्त समाचारले अहिलेसम्म सो हमलाको कसैले पनि जिम्मेवारी नलिएको जनाएको छ । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गर्ने गरेका तालिवानी आतंककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ ।

सम्बन्धित समाचार