नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान ६५ वर्षीया महिलाको मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।
ललितपुरको थसिखेलकी उनी साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । स्टार अस्पताललाई गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।
उनी केही समयअघि मात्र वीरगञ्जबाट आएको बुझिएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
