विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु

भारतमा पञ्जाबको अमृतसर, बटाला र तरनतारनमा विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु भएको छ। प्रहरीले विषाक्त मदिरा बनाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसका साथै अमृतसरको तिरसिक्क थानाका एसएचओ (स्टेशन हाउस अफिसर) लाई निलम्बन गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि कमिटी गठन गरेको जनाएको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

पञ्जाब प्रहरीका अनुसार बुधबार ९जुन २९०को राति अमृतसरको ग्रामिण थाना तिरसिक्कको मुच्छल र तंग्रामा पाँच जनाको मृत्यु भएको थियो । यस्तै बिहीबार साँझ मुच्छलमा थप दुई जनाको मृत्यु भएको थियो । त्यसपछि मुच्छलमा फेरि दुई जनाको मृत्यु भएको थियो। यस्तै बटालामा विषाक्त मदिराबाट हालसम्म ७ जना र तरनतारनमा चारजनाको मृत्यु भइसकेको छ ।



यस विषयमा छानविन गर्न पञ्जावका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छानविनमा दोषी देखिएकाहरुलाई कडा कारबाही गर्ने मुख्यमन्त्री सिंहले बताएका छन् ।

सम्बन्धित समाचार