नेपालमा थप १५१ जना कोरोना संक्रमण मुक्त हुँदा २२४ जनामा कोरोना पुष्टि

नेपालमा बितेको २४ घण्टामा थप १५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्तको संख्या १४ हजार ३ सय ९९ पुगेको छ । कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाकारी दिए ।

नेपालमा आज (शुक्रवार) थप २२४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



उनका अनुसार कोभिड-१९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार