नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
प्रतिनिधि सभा सांसद् प्रदीप यादवसहित पर्साका थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा रौतहटका दुई जना र बाराका एक जना छन् । बाँकी सबै पर्साकै रहेको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । संक्रमित हुनेहरू १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका रहेका छन् ।
पर्साबाट निर्वाचित सांसद् यादवले शुक्रबार कोरोना परीक्षण गरेका थिए । वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।