नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६ लाख ८३ हजारभन्दा बढीको निधन भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ४५५ जना संक्रमित थपिएका छन् । योसँगै शनिबार यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ५७ हजार ५१३ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख २० हजार ५५६ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या १ करोड ११ लाख ५१ हजार ३२८ छ । कुल संक्रमितका आधारमा निको हुने संक्रमितको संख्या करिव ६३ प्रतिशत छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३१९ जनाको मृत्यु भएको छ । २८ लाख ७१ हजार ८९० जना संक्रमित भएकोमा १७ लाख २९ हजार ७० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ५६५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख १५ हजार ३२१ पुगेको छ । त्यसमध्ये २८ लाख ४२ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ९६ हजार ७१८ जनाको मृत्यु भएको छ । ४२ लाख ९४ हजार ७०१ जना संक्रमित भएकोमा ३१ लाख ६७ हजार २४० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४३ हजार ६२७ जनाको मृत्यु भएको छ । ४१ लाख ११ हजार ९०७ जना संक्रमित भएकोमा २८ लाख १६ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १९ हजार ७२६ जनाको ज्यान गएको छ भने ९ लाख ३१ हजार ७६४ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ८३ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२२ जनाको मृत्यु भएको छ । १८ हजार ६४८ जना संक्रमित भएकोमा ११ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने १९ हजार ७७१ जनामा सक्रमण देखिएकोमा ५६ जनाको निधन भैसकेको छ । १४ हजार ३९९ जना भने उपचारपछि निको भएका छन् ।