नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाल चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन । उनले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिंदै दुई देशबिचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको उल्लेख गरेका हुन् ।
आज जारी सन्देशमा सीले आफू दुई देशबीच निरन्तर विकसित हुँदैआएको द्विपक्षीय सम्बन्धलाई अग्रगति दिन नेपाली समकक्षी भण्डारीसँग संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताएका छन । चिनियाँ राष्ट्रपतिले दुई देशका जनतामाझ व्यापक लाभ हासिल गर्न तथा क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न आफू तयार रहेको समेत उल्लेख गरेकका छन् ।
नेपाल–चीन सम्बन्धको इतिहास पुरानो रहेको स्मरण गर्दै उनले यो सम्बन्ध समयकाल अनुसार नयाँ पनि बन्दै जाने बताएका छन् । दुई देश हरेक सहज–असहज परिवेशमा साथमा रहेको सीले सन्देशमा उल्लेख गरेका छन् ।