नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

संघीय संसदका सभामुख अग्नि सापकोटाको अगुवा सवारी चालक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि ती चालकको पनि परीक्षण गरिएको र उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
संक्रमित प्रहरी प्रहरी हेडक्वार्टरमा बस्ने गरेको स्रोतले बताएको छ । साउन ६ गतेसम्म सभामुख सापकोटाको अगुवा गाडी उनैले चलाएको बताइएको छ ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सभामुख निवासमा खटिएका सुरक्षाकर्मीलगायत सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको स्रोतको भनाइ छ ।
