विश्वभर कोरोनाबाट ६ लाख ८८ हजारभन्दा बढीको निधन, १ करोड ८० लाख संक्रमित

विश्वभर कोरोना संक्रमणबाट ६ लाख ८८ हजार ६८३ जनाको निधन भएको छ । आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ११ हजार ७९७ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८५२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।



कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ५९८ जनाको मृत्यु भएको छ । २८ लाख ८५ हजार ५६७ जना संक्रमित भएकोमा १७ लाख ४१ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ३१२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख ९८ हजार ३०२ पुगेको छ । त्यसमध्ये २८ लाख ९४ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९८ हजार ७७ जनाको मृत्यु भएको छ । ४३ लाख ७४ हजार १४५ जना संक्रमित भएकोमा ३२ लाख ३७ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४५ हजार ३४५ जनाको मृत्यु भएको छ । ४१ लाख ८२ हजार ४११ जना संक्रमित भएकोमा २८ लाख ३१ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार १८ जनाको ज्यान गएको छ भने ९ लाख ४८ हजार ६८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ६ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२६ जनाको मृत्यु भएको छ । १९ हजार ६१ जना संक्रमित भएकोमा ११ हजार ८५६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने २० हजार ८६ जनामा संक्रमण देखिएकोमा ५८ जनाको निधन भैसकेको छ । १४ हजार ४९२ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार