नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ११ र ललितपुरका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ८ जना र वीर अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
