कोरोनाबाट विश्वभर ६ लाख ९२ हजारभन्दा बढीको निधन, संक्रमितको संख्या १ करोड ८२ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट ६ लाख ९२ हजार ६९२ जनाको निधन भएको छ । १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १७ हजार ९०१ जना संक्रमित भएका हुन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख ३१ हजार ५३५ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । सोमबार बिहानसम्म १ करोड १४ लाख ४३ हजार ८४४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।



कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ७९४ जनाको मृत्यु भएको छ । २८ लाख ९८ हजार ४९७ जना संक्रमित भएकोमा १७ लाख ४८ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ९०१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५६ लाख ५२ हजार १७३ पुगेको छ । त्यसमध्ये २९ लाख १४ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९९ हजार ३२४ जनाको मृत्यु भएको छ । ४४ लाख ४९ हजार ९२९ जना संक्रमित भएकोमा ३२ लाख ९६ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४६ हजार ८०३ जनाको मृत्यु भएको छ । ४२ लाख ४४ हजार १८२ जना संक्रमित भएकोमा २८ लाख ५१ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ३५० जनाको ज्यान गएको छ भने ९ लाख ६१ हजार ३८८ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख १५ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २३३ जनाको मृत्यु भएको छ । १९ हजार ७०९ जना संक्रमित भएकोमा १२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने २० हजार ३३२ जनामा संक्रमण देखिएकोमा ५७ जनाको निधन भैसकेको छ । १४ हजार ६०३ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार