इरानले कोरोनाबाट मृत्यु हुनेको लुकायो तथ्याङ्क

इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांक भन्दा तेब्बर रहेको देखिएको छ । बिबिसीको पर्सियन सेवाले गरेको अनुसन्धानमा इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या भनिए भन्दा झण्डै तेब्बर रहेको देखिएको दाबी गरिएको छ ।

चुहावट भएको सूचना अनुसार सरकारकै तथ्यांकमा जुलाई २० सम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ४२ हजार देखिएको बिबिसीले उल्लेख गरेको छ ।
इरानको स्वास्थ्य मन्त्रालयले सो अवधिसम्म ज्यान गुमाउनेको संख्या मात्रै १४ हजार ४ सय ५ भनेको थियो । यस्तै संक्रमितको संख्यामा पनि भनिए भन्दा दोब्बर देखिएको छ ।



इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म संक्रमित हुनेको संख्या दुई लाख ७८ हजार ८२७ भनेकोमा वास्तविक संख्या चार लाख ५१ हजार २४ रहेको खुलेको हो । संक्रमणको सुरुवाती चरणमा इरान चीन बाहिर सबैभन्दा बढी प्रभावित भएको देश थियो । अहिले फेरि इरानमा महामारीको दोस्रो लहर सुरु भएको छ ।

सम्बन्धित समाचार